शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेप्से परिसूचकमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।
अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह फर्किएको देखिएको छ । किनकि साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब नाघेको छ । सोमबार समेत कारोबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार बजार २९४७.६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.०१ प्रतिशत मात्र हो ।

सोमबार कुल २२६ कम्पनीको कारोबार भयो । ९२ हजार २ सय १८ वटा कारोबारबाट सोमबार १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको तथ्याङ्क छ ।

सोमबार जलविद्युत कम्पनीका लगानीकर्ताले बढी गुमाए । उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक समेत ओरालो लाग्यो । अन्य समूह भने हरियो रहे । सबैभन्दा बढी कमाउनेमा निर्जीवन बिमा कम्पनी रहे । सोमबार अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्यारेन्सको समेत सर्किट लेबलमा कारोबार भयो । युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट समेत बढी कमाउने कम्पनीमा परे । सोमबार कालिका पावर कम्पनी, राइराङ हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, माउण्टेन हाइड्रो नेपालसहितका कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।

तपाईको प्रतिक्रिया