शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

युरोपको को ख्याति प्राप्त Terra Payment Services  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको बताइएको छ । युरोपमा रहेका नेपालीहरूले Terra Pay को सेवा प्रयोग गरी युरोप सहित ७९ देशहरू बाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको  जुनसुकै बैंकको खातामा रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Terra Pay का तर्फबाट सह–संस्थापक Ani Sane ले हस्ताक्षर गरेको जनाइएको छ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया