बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गर्नुभएको छ । बेलायतले नेपाली व्यवसायीलाई सहजरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने बताएका छन् ।

महासंघले मंगलबार काठमाडौँ स्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग सहित भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ’बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँ स्थित बेलायती दूतावास बाट निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड्दिएका छन् ।

बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध हुन नसकेकोले नेपाली भिसा आवेदकहरूलाई धेरै
कठिनाईहरुको सामना गर्नु परिरहेको तर्फ बेलायती पक्षको ध्यानाकर्षण गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालका अनुसार  सरोकारवाला बिचको छलफलको माध्यमबाट यस समस्या समाधानको खोजी हुन सहज हुने उनले आफ्नो धारण राखेका थिए । आगामी दिनमा नेपाली आवेदकहरूका लागि सहज र सरल रूपमा भिसा उपलब्ध हुनेमा विश्वस्त रहेको उनको जिकिर थियो ।

नेपाल र बेलायत बिच भातृ सम्बन्धको इतिहास लामो भएपनि द्विपक्षीय व्यापार र लगानीमा अहिलेको अवस्था उत्साह जनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताएका छन् । यसका साथै दुवै मुलुकको आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति हालसम्म हुन नसकेको बताएको छ ।

“सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेस गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायत तर्फ निकासीको हिस्सा १.७ प्रतिशत त्यस्तै आयात तर्फको हिस्सा ०.१६ प्रतिशत मात्र रहेको जानकारी गराइएको थियो । ”

नेपाल र बेलायत बिच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबको दिनमा निजी क्षेत्र मार्फत थप उचाइमा पुर्‍याउन सकिने उनले विश्वास व्यक्त गरेका छन् । दुई देश बिच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उनले यसका लागि महासंघ सहित “नेपाल–बेलायत उद्योग वाणिज्य संघले काम गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया