बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सुपर एपको नामले ४ वर्ष अघि ल्याइएको इ–ढेवाको प्रयोगकर्ता सख्ंया २ लाख पुगेको कम्पनी स्रोतले जनाएको छ । सुरुमा अन्तर सहकारी भुक्तानी प्रयोजनका लागि ल्याइएको यस एपबाट आम उपभोक्ताले दैनिक प्रयोजनका सम्पूर्ण सेवा तथा वस्तु खरिदका लागि भुक्तानी गर्न पाउने छन् ।

इ–ढेवाबाट सहकारीका ग्राहकहरूले आफ्नो साँवा व्याज भुक्तानी सहित अब देश बाहिरबाट आफ्ना आफन्तले पठाउने रेमिटेन्स वितरणको भुक्तानीलाई सहजीकरण गरिएको छ । यसका साथै अब आवश्यक परेको बेलामा ट्याक्सी बुकिङ गर्न पाउने नयाँ सुविधा थपिएको बताइएको छ । ट्याक्सी प्रयोग पछिको बिल भुक्तानी समेत यही एप मार्फत गर्न पाइनेछ । अर्कोतर्फ ग्रोसरी तथा तयारी खानका सामान घरमै बसी काठमाडौँ अर्गानीक तथा खानपिन अनलाइनबाट अर्डर गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

नेपालको पहिलो भच्र्युल मलका प्रवर्धक मुञ्चा डट कमको पेमेन्ट एप i-Pay तथा अनलिमिटेडको संयुक्त प्रयासमा सुरु भएको इ–ढेवाबाट नेट,फोन, हवाई जहाजका टिकट खरिद लगायत ५० प्रकारका सेवा उपभोग गर्न पाइनेछन् । हिजो प्रत्येक सेवाका लागि अलग पेमेन्ट एप प्रयोग गर्नुपर्ने बाध्यता थियो , त्यही आवश्यकतालाई हेरि यो इ–ढेवा सुपर एपबाट सम्पूर्ण भुक्तानी तथा दैनिक उपभोग्य सेवा एउटै छाता मुनी ल्याइएको छ । अबका दिनमा अनलाइनको बढ्दो प्रयोगलाई हेरी नयाँ प्रकारको सुविधा उपलब्ध गराइने कम्पनी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया