बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०७८ सालको दसैँ, तिहार र छठ पर्व  लक्षित गर्दै आफ्ना ग्राहक वर्गहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजना सार्वजनिक गरेको छ ।

सिटीएक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिनसम्म लगातार हरेक दिन १ जना विजेतालाई रु १०,०००उपहार प्रदान गरिने छ । प्रत्येक महिना ५ जनालाई जनही रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ । सो अवधिभर  सिटी एक्सप्रेस मार्फत देश तथा  विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यस उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनौट विद्युतीय प्रणालीद्वारा गरिनेछ । तर यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मागर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया