बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तदानुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राही मुखी उक्त अफर बिहीबार रानीपोखरी स्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरूलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मार्फत रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ ।

साप्ताहिक, मासिक र बम्पर उपहार साथै आकर्षक बोनसको व्यवस्था

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई प्रति आम सेवाग्राहीहरूले देखाउँदै आउनु भएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै समय–समयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राही बिचको सम्बन्धलाई थप मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरिएको थियो ।

आइएमईका महा–प्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समय सान्दर्भिक प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने जनाएका थिए ।

त्यस्तै आइएमईका ब्रान्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले सञ्चालन गरेको भरोसा कोषको स्मरण गर्नुभयो ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यस योजनामा सहभागी हुन पाउने छैन ।

सेवाग्राहीहरूले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा निहित हुनेछ । योजनाको अद्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आम सञ्चार माध्यमको सहकार्यमा व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

आइएमई लिमिटेडका बारेमा:–

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया