बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

मिना आचार्य
केन्द्रीय सदस्य–नेपाल कुरियर सेवा संघ (कोसान)

मिना आर्चाय नेपाल कुरियर सेवा संघ (कोसान) को २७ औँ वार्षिक साधारण सभाबाट केन्द्रीय  सदस्यमा सर्वसम्मत निवार्चीत भएकी छिन् । कोसानमा आबद्ध ७० कम्पनी मध्ये उनी एकल महिला व्यवसायी सदस्य हुन् ।

यस क्षेत्रमा पुरुषहरूको बाहुल्यता रहेकोले महिलाहरू नगन्य सख्ंयामा आकर्षित हुने गर्दछन् । छिमेकी मुलुक भारत लगायतका विभिन्न देशमा कुरियरतर्फ पुरुषहरूको बाहुल्यता रहेको छ । कोसानमा महिला व्यवसायीको सहभागिता एक उदाहरणको रुपामा लिन सकिन्छ ।

उनी बि.स २०६२ सालताका कुरियर क्षेत्रमा मात्र एक कर्मचारीको भएर संलग्न भएको विगत समझंदै बताउँछिन्  । यस बिच धेरै उतार चढाव पार गर्दे बि.स २०७३–०७४ साल देखि शिवशक्ति कुरियर नामक कम्पनीको सुरुवात गर्न सफल भएकी छिन् । “उनी भन्छिन्  काम गर्न लजाउनु हुंदैन् । नयाँ तरीकाले आफ्नो काम गर्दा प्रत्येक काममा सफलता पाइनेमा विश्वास गर्दछिन् । ”

उति बेला त्यस कुरियर कम्पनीमा बुकिङ भैसकेका सामानको पाउने व्यक्तिले बुझिसकेका प्रुफ अफ डेलिभरी छुट्ट्याउने काम पाएको बताउँछिन्  । सोही कम्पनीको शाखा सञ्चालनका लागि धनगढीसम्म पुगेर मेहनत गरिन् । तर जतिसुकै मेहनत गरेपनि उनी त मात्र कर्मचारी त्यसको प्रतिफल मालिकलाई मात्र गएकोले उनको मनमा आफैले केही गर्नुपर्ने भावना जागेर आएको बताउँछिन् ।

लामो समयसम्म उक्त कम्पनीमा कार्यरत रहँदा आफ्नो अनुभवलाई समेट्दै यही व्यवसायमा लगानी गर्नुपर्ने धारणा लिई आफ्नै कम्पनीको सुरुवात भएको उनी बताउँछिन् ।


“ व्यक्तिसँग सिप कला र हिम्मत छ भने अर्काकाको जागिर खानु भन्दा सानै भएपनि आफ्नै व्यवसाय गरेको उत्तम ।”


कुरियर व्यवसायमा तीव्र प्रतिशपर्था बिच समयमा सामान पुर्‍याउनु चुनौतीपूर्ण कार्य हुनेगर्दछ । अझ महिलालाई घरमा पर्याप्त समय दिई व्यवसायमा लाग्नु फलामको चिउरा चपाउनु सरह कार्य हो । किनकि एकातिर घरको दैनिकी सहित ग्राहकसँग डकुमेन्ट तथा पार्सलकोबारेमा दिन तथा रातीमा समेत कुरा गर्नुपर्ने बाध्यताका बाबजुद हार नमानेको उनी बताउँछिन् ।

सामान ल्याउने, प्याकिङ

सामान ल्याउने, प्याकिङ गर्ने र पठाउने काममा महिला लागेको देखेर कोहीले यस्तो काम त महिलाले नगर्दा हुने थियो शब्दले उनलाई मनमा हतोत्साह लाग्छ । तर उनी त्यस्ता व्यङगहरुलाई बेवास्ता गर्दे यही कुरियर व्यवसायमा लाग्न थप बल मिलेको , हाँस्दै बताइन् । आफ्नो कर्म क्षेत्रलाई समाजले श्रेय नदिएको देखेर केही खिन्न भएपनि आफ्नो कर्ममा अडिग भएर लागेकी छिन् ।

 

समाजबाट उनको काम प्रति विशेष प्रोत्साहन नमिले पनि परिवारबाट भने पूर्ण सहयोग मिलेकोमा खुसी व्यक्त गर्दछिन् । कुरियर व्यवसायीले रात–दिन ग्राहकको गुनासो सुन्न पर्दछ । यस क्रममा परिवारबाट कुनै रोकटोक  नभएकोले समेत यस व्यवसायमा लाग्न सफलता मिलेको बताउँछिन् ।

उनले सञ्चालन गरेको शिबशक्ति कुरियर कम्पनी मात्र ३ लाखको पुँजीबाट सुरु गरेकी थिइन् । तर व्यवसायको आकार वृद्धि हुने क्रममा कोभिड महामारीको चेपुवामा फसेको छ । फेरीपनि यही कम्पनी मार्फत ३ व्यक्तिलाई रोजगारी दिन सफल भएकी छिन् ।

कुरियर क्षेत्रमा व्यवसाय गर्दा धेरै व्यक्तिसँग चिनजान हुने भएकोले उनलाई यस व्यवसाय प्रति उच्च लगाव छ । तर व्यवसाय तान्नका लागि दरमा मात्र सीमित प्रतिस्पर्धाले दिक्क लागको आफ्नो अनुभव बताउँछिन् । “ व्यवसायी बिचको अस्वस्थ्य प्रतिस्पर्धाले कुरियर क्षेत्रको व्यापार फस्टाउन नसकेको उनी स्वीकार छिन् । ” तर कोसान मार्फत यस क्षेत्रमा आवश्यक नीतिगत तथा व्यवसायीक सुधार हुनेमा उनलाई विश्वास लगेको छ ।

कोसानको यस अघिको गोविन्द ढुङ्गेलको अध्यक्षतामा सम्पन्न ३ वर्षे कार्यकाल अत्यन्त सफल रहेको बताउँदै कोभिड महामारीका कारण संघका योजनाले पूर्णता नपाएका एजेण्डा यसपालिको कार्यसमितिले पूरा गर्नेछ ।
कुरियर व्यवसायमा घाटा छैन । तर एउटै ग्राहकलाई आफ्नो कम्पनीमा तान्ने योजनामा दररेटमा मात्र उच्च प्रतिसपर्धा बाधक देखिएको छ । कुरियर सेवा आवश्यक रहेको थुप्रै नयाँ क्षेत्रबाट व्यवसाय ल्याउन सकिनेतर्फ व्यवसायी लाग्नु पर्दछ ।

उनी गर्वका साथ भन्छिन् महिलाले कुरियर कम्पनी चलाएको देखेर सबै अच्चम मान्दछन् । प्रत्येक व्यवसायमा महिलाको सहभागिता उच्च बनाउनु आजको आवश्यकता हो । र महिलाहरूले पनि कर्मलाई हेला नगरी विश्वास गर्न सक्नु पर्दछ किनकि काम त काम हो हजुर ।

तपाईको प्रतिक्रिया