बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबिच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यका रूपमा सर्वसाधारणता सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडक स्थित सीडीएससीको कार्यालयमा एक कार्यक्रमका बिच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालय मार्फत निक्षेप सदस्यता सम्बन्धी कार्य सञ्चालनमा ल्याउनेछ ।

बैकप्रति आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभर ९६ शाखा कार्यालय, ३१ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई सांग्रिलाले प्राथमिकतामा राखी सो मापदण्डलाई पालना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया