बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

काठमाडौँ, अशोक लेलैण्डको आधिकारिक बिक्रेता आइएमई समूह अन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरूको महान् चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” बम्पर उपहार योजना सार्वजनिक  गरेको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी–छानी उपहार पाउने बताइएको छ ।

चाड पर्वमा ग्राहकहरूले अफरलाई नै बढी प्राथमिकता दिने हुनाले ग्राहकको इच्छा अनुसार कम्पनीले यो योजना बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताएका छन् । उनका अनुसार विगत ६ महिना देखि अशोक लेलैण्डले आक्रामक बजारीकरण गर्दे नेपालको माल वाहक सवारी साधनको बजारमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । नेपालमा हाल अशोक लेलैण्डलका ब्राण्डका सवारी साधन सख्ंया  १५ हजार रहेको बताइएको छ ।

अशोक लेलैण्ड

यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट सहित स्मार्ट टिभी पाउन सक्ने छन् ।  ग्राहकहरूले  प्रत्येक ICV Haulage , MCV टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 pro max  अथवा TVS-NTorq  स्कुटर पाउने छन् ।

माथि उल्लेखित गाडीहरू मध्ये ICV Haulage, MCV Tipper वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा Apple Mac Book Pro  त्यस्तै  Royal Enfield 350 CC Bullet Bike पाउने  छन् ।

कुनै पनि HCV साथै ICV  टिप्परको खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 Pro Max अथवा Tvs Ntorq Scooter पाउन सक्नेछन्  । त्यस्तै गरी दुई HCV र ICV टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा Tvs Ntorq Scooter र Iphone 12 Pro Max  अथवा Apple Mac Book Pro पनि पाइने योजना रहेको बताइएको छ । HCV तथा ICV टिप्परको कुनै पनि गाडीको खरिदमा उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नेछन् ।

योजन अन्तर्गत बम्पर उपहारमा तीन भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको समेत अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने छ ।

तपाईको प्रतिक्रिया