बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

वेस्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारण सभा मिति २०७८ भाद्र ३० गते संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा र्भच्युअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभामा आ.व २०७६÷७७ को वित्तीय विवरण मर्जरका लागि अन्य संस्थालाई गाभ्ने÷गाभिने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको बताइएको छ ।

सोही साधारण सभाले सञ्चालकहरूको पदावधि समाप्त भएकोले,संस्थापक शेयरधनीको  तर्फबाट लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधीर ज्ञवाली तथा सर्वसाधारण शेयरधनीको तर्फबाट राम श्रेष्ठ र खिमलाल पौड्याललाई नियुक्ति गरिएको जनाइएको छ ।

हाल संस्थाको चुक्ता पुँजी रु.८२.८९ करोड र १४ वटा शाखा सञ्जाल रहेका छन् । आ.व २०७७–०७८मा कम्पनीको कुल ऋण लगानी २ अर्ब ३० करोड रहेको थियो । त्यस्तै ३ अर्ब २० करोड निक्षेप संकलन गर्न सफल भएको थियो । त्यस आ.व मा कम्पनीको खुद व्याज आम्दानी १६ करोड १४ लाख पुगेको थियो । कम्पनीको प्रकाशित चौथो अपरिष्कृत वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी ९.९४ रुपैयाँ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया