बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नर्भिक अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयाघात भएको  झुठो भएको हस्पिटलका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले टेलिफोन वार्तामा बताएका छन् ।

शुक्रवार दैनिक स्वास्थ्य परीक्षणको क्रममा मुटुमा साधारण समस्या देखिएपनि अनलाइन तर्फका समाचार माध्यमले उनको हृदयाघात भई दुवइस्थित अमेरिकन अस्पताल भर्ना गरिएको समाचार बाहिरिएपछि, उक्त समाचारमा थोरै मात्र सत्यता भएको  निर्देशक सिंहले बिजनेस वल्ड अनलाइनलाई जानकारी गराएका छन् ।

बसन्त चौधरीको इनस्टाग्राम पोस्ट

उद्योगी तथा समाजसेवी बसन्त चौधरीले सामाजिक सञ्जाल इनस्टाग्राम मार्फत उनको स्वास्थ्य स्थिति प्रति गम्भीर भई प्रकाशनमा आएका समाचार प्रति सबैमा धन्यवाद दिएका छन् । उनका अनुसार एक साता अघि मुटुमा केही असहजता महसुस भएपछि नर्भिकमा एन्जियोग्राफी गरिएको थियो ।

तत पश्चात् दुबई स्थित अमेरिकन हस्पिटलमा परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचारका लागि विशेषज्ञहरूले राय दिएको उनले प्रस्ट पारेका छन् । तर उनको हृदयाघात नभएको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

साथै उनले सञ्चार माध्यमले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सुझाएका छन् । हाल उनी स्वास्थ्य रहेको र उनमा कुनै समस्या नदेखिएको जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया