बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

डा. निलम ढुंगाना राष्ट्र बैंकको  कायम मुकायम गभर्नर बन्ने मौका पाएकी छिन् । नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो पटक महिलाले राष्ट्र बैंक प्रमुखको जिम्मेवारी दिइएको छ ।
बहालवाला गभर्नर महाप्रसाद अधिकारी कोभिड पोजेटिभ भएपछि डेपुटी गभर्नर डा. निलम ढुंगानालाई कायम मुकायम गभर्नर बनेर राष्ट्र बैंक प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका जुरेको हो।

गभर्नर अधिकारीलाई कोभिड पोजेटिभ देखिएकाले दैनिक कार्यको लागि ढुंगानालाई असोज २०७८ असोज ६ गते देखि लागू हुने गरी कायम मुकायम गभर्नर तोकिएको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव ढकालका अनुसार गभर्नर अधिकारी कोरोना संक्रमित भएका कारण निलम डा ढुंगानालाई कायम मुकायम नियुक्त गरिएको हो

गभर्नर अधिकारी सामान्य अवस्थामा नफर्किदासम्मको लागि डा. ढुंगानाले कायम मुकायमको जिम्मेवारी सम्हाल्ने उनले बताए । असोज ५ गतेको परीक्षणमा पोजेटिभ देखिएपछि अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो ।

अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मका लागि तिम्सिनालाई कायम मुकायम जिम्मेवारी दिइएको उल्लेख छ ।

सामान्यतया गभर्नर नेपालमै भएको अवस्थामा यसरी कायम मुकायम गभर्नर दिने चलन छैन । तर पछिल्लो समय कोभिड १९ का कारण नेपालमै भएपनि कार्यकारी पदमा रहेका व्यक्तिमा कोभिड पोजेटिभ देखिएमा कायम मुकायम दिने गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । यस व्यवस्था अनुसार गभर्नरले बैंकको काम सुचारु रूपले सञ्चालन गर्न ऐन बमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरूलाई सुम्पन सक्नेछन् उक्त दफामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया