बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

आइए मई ग्रुपद्वारा सञ्चालित आइए मई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई  पे‘ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । यो योजना असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको हुने जनाइएको छ ।

यस स्किम अन्तर्गत सेवाग्राहीले आइए मई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा रु. २००० सम्मको रहेको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

योजना सार्वजनिक गर्ने क्रममा आइए मई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइए मई पे को भुक्तानी सेवासँगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि सुरु भएको उनले बताएका छन् ।

आइए मई पे–बाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा उपभोक्ताले लिनेमा विश्वस्त रहेको जानकारी गराइएको छ ।

यो स्किम आइए मई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो । यो स्किममा पनि नियम र सर्तहरू लागु हुनेछन् । सबै प्रयोगकर्ताहरू आइए मई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् ।

आइए मई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टा भित्र क्यास ब्याक प्राप्त हुनेछ । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया