बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

विश्व पर्यटन दिवस २०२१ को अवसरमा सात उद्यमी महिला उद्यमीलाई सम्ममानीत गरिएको नेपाल उद्योग परिसंघले जनाएको छ । पर्यटन क्षेत्रमा सक्रिय रहेका ७ महिला उद्यमीलाई सम्मान गरिएको हो ।

उक्त अवसरमा पर्यटन प्रवर्द्धन एवं विकासमा सक्रिय रहेका लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनीलाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरिएको थियो ।

सचिव यादव प्रसाद कोइराला

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताएका थिए ।
उनले नेपालको संस्कृति नै पाहुनाको स्वागतगर्ने भएकाले विदेशी पर्यटकको सत्कारकारलागि सधैँ तयार रहेको उल्लेख गरेका छन् ।

सचिव कोइरालाका अनुसार स्वदेशी वस्तुको प्रवर्द्धनमा पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने बताउँदै, ‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दिगो बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने गर्दछ,।

परिसंघ अन्तर्गतको वुमन्स लिडरसिप फोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले नेपाली वस्तुको उत्पादन वृद्धि गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धितर्फ लाग्नुपर्ने बताए ।

नेपालले आयातित वस्तुको पर निर्भरताको अन्त्य गरी स्वदेशी वस्तु उत्पादन वृद्धि गरी आन्तरिक आवश्यकता परिपूर्ति सहित निर्यातका लागि तयार रहनुपर्नेतर्फ निजी क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

सचिव कोइरालाले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादनमा महत्त्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दिगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थान आवश्यक रहेको उल्लेख गरेका थिए ।

त्यस्तै परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको उनको जिकिर थियो । विश्वका केही राष्ट्रले नेपाललाई ‘रेड लिस्ट’मा राखेकोले त्यसलाई हटाउन परिसंघले पहल गर्ने बताए ।

यसैगरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिकाको बारेमा बताउँदै महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील तर्फ अग्रसर बनाउन सरकार–निजी क्षेत्रले हातेमालो गर्नुपर्न बताएका थिए ।

 

तपाईको प्रतिक्रिया