बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

चीनले सबै क्रिप्टोकरेन्सी अवैध घोषणा गरेपछि संसारभर डिजिटल सिक्काको मूल्यमा ठूलो गिरावट आएको छ । शुक्रवार चीनको केन्द्रीय बैंकको यो कदम कारण बनेको छ । पीपुल्स बैंक अफ चाइनाले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै गतिविधिलाई अवैध घोषणा गरेको थियो । यसलाई राष्ट्रिय हित र सार्वजनिक सम्पत्तिको रक्षा को लागी यो कदम चालेको बताएको छ ।

बिटकोइन क्रिप्टोकरेन्सी चीनमा प्रतिबन्धित भएको तीन घण्टा भित्र लगभग ९ प्रतिशत बजारमा गिरावट आएको थियो । यसको मूल्य ४५,००० बाट ४०,९ ०० सम्म घटेको थियो ।

पीपुल्स बैंक अफ चाइनाले भर्चुअल मुद्रा र यसको दुरुपयोग सम्बन्धी सट्टेबाजी र लेनदेनलाई कडाइका साथ प्रतिबन्ध लगाउने बताएको छ । चिनियाँ सरकारले लामो समयदेखि देशमा क्रिप्टोकेरन्सीको उत्पादन रोक्ने प्रयास गरिरहेको छ । विश्वको क्रिप्टोकरेन्सीको आपूर्तिको तीन चौथाइ हिस्सा चीनबाट आउँछ ।

तपाईको प्रतिक्रिया