बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपाली रुपैयाँ फेरि कमजोर देखिन थालेपछि पछिल्लो समय नेपाली रुपैयाँ झरेको न्यूनतम बिन्दुबाट १.३४ रुपैयाँ कमजोर भएको देखिएको छ । उता अमेरिकी डलरको भाउमा फेरि सुधार देखिन थालेको हो । दुई साता अघि निरन्तर घटेर ११७ रुपैयाँ ११ पैसाको स्तरमा पुगेको डलर ११८ रुपैयाँ ४५ पैसामा उक्लिन सफल भएको छ ।

डलरको भाउ पछिल्लो समय झरेको न्यूनतम स्तरबाट एक रुपैयाँ ३४ पैसाले उक्लिएको, नेपाल राष्ट्र बैंकले मंगलबारका लागि ’रिफ्रेन्स रेट’ ११८ रुपैयाँ ४५ पैसा तोकेको छ । अघिल्लो दिन ११८ रुपैयाँ २२ पैसा थियो।
अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहँदा डलरमा सुधार आएको हो । यसले भारतीय मुद्रा प्रभावित भएको छ । यही कारण डलरको भाउमा वृद्धि हुन थालेको हो ।

नेपाली र भारतीय मुद्राबिच विनिमय दर स्थिर छ । भारु १०० बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तल–माथि हुँदा नेपाली रुपैयाँको मूल्यमा उतार चढाव देखिएको हो ।
डलरको भाउ कमजोर हुँदा देशलाई तुलनात्मक रूपमा फाइदै हुन्छ । रेमिटेन्स आयमा भने प्रभावित हुन्छ । डलरको भाउ घट्दा आयातित वस्तुको मूल्य सस्तो पर्न जान्छ ।

तपाईको प्रतिक्रिया