बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

‘आइएमई  पे ’ र नियोटेरिक नेपालबिच आज सम्पन्न भएको व्यवसायीक सम्झौतामा पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरिएको जनाइएको छ ।

सम्झौता गरिएसँगै नेपालीहरूको महान् चाड दसैं र तिहारलाई लक्षित गरी दसैं बम्पर उपहार योजना सुरु भएको छ । दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटर नियोटेरिक नेपालको कुनै पनि ग्याजेट खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री होम डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा पाउनेमा आफू विश्वस्त रहेको बताए ।

नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्कीमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्किम सफल बनाउन दुवै व्यवसायीक कम्पनीका सदस्यहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

एक महिनासम्म चल्ने उक्त स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले IIFE Zed Air hs14 Laptop जित्ने मौका प्राप्त गर्नेछन् ।  त्यस्तै कुनैपनि Logitech, rapoo, rico, ideakard, senheiser ब्राण्डको  खरिदमा खरिदमा आइएमई पे–मार्फत भुक्तानी गर्दा १०% छुट पाइनेछ । साथै One Plus Phone खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया