बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपालका २७ वाणिज्य बैंकहरुमध्य २६ वटा बैंकहरु नेप्सेमा सूचीकृत छन् । ती सबै बैङ्कहरूले अहिले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
कम्पनीको वितरण योग्य मुनाफा अनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने पूर्वानुमान गर्न सकिन्छ ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो नबिल बैंक देखिएको छ । समीक्षा अवधि सम्ममा बैकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै सोही अवधिमा सबैभन्दा कम वितरण योग्य मुनाफा नेपाल एसबिआई बैंकको देखिएको छ । एसबिआई बैंकको वितरण योग्य मुनाफा गत आर्थिक वर्षको अन्तिमसम्ममा ३३ करोड ९२ लाख रुपैयाँमा सीमित देखिन्छ ।

प्रतिसेयर वितरण योग्य मुनाफा पनि नबिल बैंक नै अब्बल देखिएको छ । कम्पनीको प्रतिसेयर वितरण योग्य मुनाफा ३० रुपैयाँ ७६ पैसा देखिन्छ । दोस्रो स्थानमा नेपाल बैंकको वितरण योग्य मुनाफा २९रुपैयाँ ३० पैसा रहेको छ । अहिलसम्मको कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको सूचीकृत सेयर संख्याले भाग गरेर कम्पनी प्रति सेयर वितरण योग्य मुनाफा निकालिएको हो ।

बैङ्कहरूले वितरण योग्य नाफा बाहेक सेयर प्रिमियम, जगेडामा रहेको रकम समेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन् । यहाँ त्यसलाई गणना गरिएको छैन। बैंकहरुको शेयर प्रिमियम, जगेडा कोषलाई समेत हिसाब गर्दा लाभांश क्षमता बढ्न सक्ने छ।

हालै नबिल बैंक र युनाईटेड फाइनान्सका बिचमा मर्जर र एक्विजिसनको प्रक्रिया सकिएर युनाईटेड फाइनान्सका सेयरधनीहरुले १००ः३५ को अनुपातमा नबिल बैंकको सेयर प्राप्त गरिसकेका छन् जसका कारण यो कम्पनीको सेयर संरचना र लाभांशमा परिवर्तन हुनेछ ।

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरणका आधारमा वाणिज्य बैंकहरुको वितरण योग्य मुनाफाको अवस्था यस्तो छ ।

 

तपाईको प्रतिक्रिया