बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

रबिन्द्र प्रताप शाह
राप्रपा, केन्द्रीय सदस्य भक्तपुर

रबिन्द्र प्रताप शाह विगत लामो समय देखि राप्रपा भक्तपुरका सक्रिय नेता रहिआएका छन् । उनले नगरकोट लगायतका क्षेत्रमा युवा लक्षित सिपमूलक कार्यक्रम देखि विभिन्न रोजगार मूलक तालिम कार्यक्रम सञ्चालनमा सक्रिय हुँदै आएका छन् ।

नेपालमा लामो समय देखि राजनीतिको आडमा भइरहेको भ्रष्टाचार देखि जनता दिक्क भइसकेको छ । दुई तिहाइ जनमत प्राप्त एमाले पाटी सत्ताबाट बाहिरिएपछि सत्तासीन नेपाली काग्रेंस सरकारमा आएपछि फेरी भ्रष्टाचार मौलाउन थालेको समाचार विभिन्न समाचार माध्यमले प्रमुख रूपमा प्रसारण गरेका छन् ।

जनतालाई सेवा गर्नेको नाममा जनतालाई नै शोषण गर्ने प्रवृत्ति राजनीतिमा हाबी हुँदै गएपछि यो एक शृंखलाबद्ध रूपमा चलिरहने राजनीति खेलको संज्ञा दिएको छ । देशको भ्रष्टाचार नियणत्रणका लागि अल्पमतमा परेका राप्रपाको आगामी योजनाका बारेमा भक्तपुरका सक्रिय सदस्य तथा समाजसेवी नेता रबिन्द्र प्रताप शाहसँग बिजनेस वल्डले प्रश्नको जवाफमा ।
नेता शाहले, नेपाली जनतामा बिस्तारै राजनीतिक चासो वढन थालेकोले देशको काया पलट गर्ने राजनीतिक दलको छनौटगर्न जनता सचेत रहेको छ । “यही सेरोफेरोमा शाहसँगको छोटो संवादको क्रममा उनी भन्छन् यदि राप्रपा सत्तामा आए पहिलो चरणमा देशको भ्रस्टाचारलाई जरै देखि उख्लने कार्य गरिनेछ । ”

नेपालको आर्थिक विकासको बाधक भ्रष्टाचार प्रमुख कारण भएको उनले थपे । तल देखि माथिल्लो निकायसम्म हुने भ्रस्टाचारको आकार अर्बमा पुगिसकेको छ । जुन नियन्त्रण हुन चुनौतीपूर्ण बनेको छ । देश संवृद्ध बनाउन कपोलकल्पित नारा होइन , भ्रस्टाचारको मूल जरा सफा गरिनु पर्दछ । देशका ठुला परियोजना निर्माण देखि प्रत्येक तहसम्म फैलिएको भ्रस्टाचारको नियन्त्रण नै देशको आर्थिक सम्वृद्धि हो ।

राजतन्त्रको बेलामा स्विस बैंकमा नेपालीहरूको जम्मा हुने रकमको समाचार खासै सुन्न नपाइएपनि बहुदल तथा गणतन्त्र आएदेखि व्यक्ति मोटाउने भई स्विस बैंकमा नेपालबाट रकम जम्माहुने गति तीव्र बन्दै गएको छ ।

राप्रपाको पहिलो दायित्व अन्तर्गत २०४६ सालपछि सत्तामा आएका नेताहरूका सम्पत्ति छानबिन गरी स्रोत नखुलेका सम्पत्तिलाई राष्ट्रियकरणबाट भ्रष्टाचार माथिको आक्रमण सुरु गरिने छ ।

सत्तालाई कमाइ गर्ने स्थलको रूपमा बहुदलवादी राजनीतिज्ञहरूको स्कुलिङका कारण भ्रष्टाचार मौलाउनको प्रमुख कारण बनेको हो । हिजो काठमाडौँ पस्दा केहिपनि नहुने तर राजनीतिमा केही वर्ष बिताएपछि आज बिलासी जीवनयापनगर्ने प्रवृत्तिबाट अर्थतन्त्र केही सीमित व्यक्तिको खल्तीमा गएको छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परी देश कंगाल हुने स्थितिमा पुगी सकेको छ ।

राजनीतिमा लागेका नेताहरूको दैनिक जीविकोपार्जन बारेमा खोजीगर्ने बेला भएको छ । सेटिलाई आधार बनाई कालो धनको आम्दानीको बाटो अब रोकिनु पर्दछ । राजनितिगर्ने व्यक्तिले सत्तामा आएपछि आफ्नो सम्पत्ति स्वघोषण गर्नु आवश्यक रहेपनि नेताहरूले त्यो शैली अपनाएको पाइंदैन् ।

उता ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचारका बारेमा ल्याइएका तथ्याङले समेत नेपालमा भ्रष्टाचार मौलाउँदै गएका पुष्टि गर्दछ । उक्त एजेन्सीका अनुसार बितेका एक दशकमा नेपालको भस्टाचारको सुचांक १३९ औँ स्थानबाट उक्लेर ११७ औ स्थानमा आइपुगेको छ । यही स्थिति रहे आगामी केही वर्षभित्र नेपाल एसियाको भ्रष्ट देशको उपाधि जित्नेछ ।

शाहका अनुसार राप्रपा सुरु देखिनै भस्टाचार विरोधी दल भएकोले समेत फेरी सत्तामा आउने प्रबल सम्भावना रहेको छ । दलका अग्रज नेता स्व. राजेश्वर देवकोटाले वर्षे अघि प्रतिपादन गरेको खुलाबजार अर्थनीति आज बल्ल आएर व्यवहारमा उत्रेको छ । राप्रपाका अघिल्ला पुस्ताका नेताहरूको दूरगामी दृष्टिकोणबाट यो पार्टी थप बलियो बन्न मद्दत पुगेको छ ।

राज्यको प्रशासनिक संयन्त्र बिकेन्द्रीत भई शहर मात्र होइन प्रत्येक गांउमा विकास पुग्नुपर्ने सिद्धान्त राप्रपाका सबै नेताहरूले राख्दै आएका छन् ।

नेपालको सम्वृद्धको आधार बलियो अर्थतन्त्र बाहेकको विकल्प छैन । संवृद्धिका लागि सीपमूलक रोजगारको वातावरण दिन सकिएको छैन । हिजो राजतन्त्रको पालामा युवा बिदेसिने सख्ंयाा अत्यन्त न्यून थियो । तर आज त्यही रोजगारका सम्भावना नबन्दा युवा शक्ति बिदेसिन वाध्ययहुनु परेको छ । र उनीहरूले पठाएको रेमिटेन्सबाट राज्यले चलेको छ । त्यसकारण युवालाई देश भित्रै रोजगारीको अवसर दिलाउने योजना राप्रपाले बनाइसकेको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालबाट वार्षिक ५ लाख भन्दा बढीको सख्ंयामा युवा बिदेसिने गर्दछन् । अफसोस ती युवाहरूबाट राज्यले फाइदा लिन सकेन् । युवाहरूको स्वरोजगारको लागि ल्याइएका केही कार्यक्रमहरू समेत कार्यकर्ता भरपोषणमा सीमित हुन गएको छ ।

        युवा प्रभावशाली सामाजिक अभियन्ताको लागि पेजेन्ट नेपाल इन्टरनेशनलले सम्मान गर्दाको क्षण

राप्रपा पक्षका नेताहरूको सामाजिक प्रतिष्ठामा दाग लागेको छैन । उनीहरू राजनीतिमा आउनु अघि आर्थिक रूपमा संवृद्ध थिए । अर्कोतर्फ भ्रष्टाचारका मुद्दा लागेका नेता कोही पनि भेटिंदैन् । अन्य दलले राप्रपा पक्षधरका नेताहरूलाई बिनाकारण विभिन्न आरोप लगाउने गर्दछन् । जबकि यो उनीहरू चोखिने राजनीतिक दाउपेच मात्र भएको अब जनताले बुझिसकेका छन् ।

हाल राप्रपाको माथिल्लो सदनमा १ सांसद तथा तल्लो सदनमा ५ प्रदेश स्तरका सभासद्को मात्र उपस्थिति रहेको छ । यस झिनो सख्ंयालाई देख्दा राप्रपा कमजोर रहेको अन्य दलले अनुमान गरेपनि यो राजनीतिक दल कमजोर छैन । किनकि राप्रपाले सत्ता पाउनको लागि विभिन्न नारा दिई जनतालाई झुक्क्याउने र देशलाई धोका दिने गरेको छैन । अर्कोतर्फ राप्रपा भ्रष्टाचार मुक्त देश बनाउन निरन्तर लागिपर्ने उनी युवा नेता शाह बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया