बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका साइबर सुरक्षा प्रदायक प्रदायक कम्पनी मध्ये १५१औँ र एसियामा उत्कृष्ट १५ भित्र परेको छ । सन् २०१८ मा स्थापना भएको भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स सहितको सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) को साइबर थ्रेट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरूलाई साइबर सुरक्षा प्रदान गर्छ ।

यसअघि सन् २०२० मा भैरव विश्वको २१२औँ स्थानमा रहेको थियो । एक वर्षको अवधिमा उल्लेख्य सुधार हुँदै भैरव १५१ औँ स्थानमा उक्लिएको हो ।
एमएसएसपी अलर्टले सेवा प्रदायकको कार्यक्षमता र आम्दानीको हिसाबले र्‍यांकिङ प्रदान गर्दै आएको छ । सोही आधारमा भैरव टेक्नोलोजीले उक्त सफलता हात पार्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया