बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोक कुमार यादव विजेता घोषित भएको जनाइएको छ .

रानीपोखरी काठमाडौमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रवार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइ मईले सेवाग्राहीको सिफारिसमा उनीहरूको निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५सय ५६ र ६३ हजार ३ सय ६ रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने जनाइएको छ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ (तदानुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कुल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा) हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरूले पठाएको रकमको डबलको डबल –चौगुना) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल आठगुणा सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने छ । आइएमई पेमा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत हुँदै आएको छ । आइएमईका स्थापक, आइएमई समूहमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार एजेन्ट पार्टनर तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैन ।

सेवाग्राहीहरले आइएमईको जुनसुकै एजेन्ट सञ्जाल मार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । . योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ ।
योजनाको अद्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमससंचार माध्यम सहकार्यमा रहेका व्यवसायीक साझेदार एजेन्ट पार्टनर, क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

 

तपाईको प्रतिक्रिया