बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

वर्ष २०२१ को नोबेल पुरस्कार वातावरणीय परिवर्तन सम्बन्धी खोजिगर्ने तीन भौतिक शस्त्रका वैज्ञानिकलाई दिइने घोषण गरिएको छ । जापानका स्याकुरो मानबे, जर्मनका क्लाउस हासेलमान र इटालीका जीर्अजीओ पारिसीसलाई उक्त पुरस्कारबाट सम्मानित गरिनेछ ।

सन १९०६ देखि मानबेले वातावरणमा कार्बन डाइअक्साइड उत्सर्जनले तापक्रम वृद्धि भएको तथ्य फेला पारेका थिए । उनले त्यही बेला वातावरण जोगाउने मोडेल समेत तयार पारेका थिए ।
एक दशक अघि हासेलमानले मानवीय प्रभावले प्रदूषणमा उच्च वृद्धि भएकोले वातावरण असुरक्षित बन्दै गएको बताएका थिए ।

अर्का भौतिक शास्त्री पारिसीसले गणित तथा भौतिक विज्ञानमा आधारित वातावरणीय परिवर्तन तथा प्राकृतिक प्रकोपका बारेमा आकलन गर्ने सफ्टवेयर निर्माण गरेका छन् । यस प्रकारका प्रयासले वातावरणीय परिवर्तनबाट हुने मानवीय क्षतिलाई कमगर्न सक्ने उपायको रूपमा लिइएको छ ।
उक्त पुरस्कार राशिको १.१५ मिलियन डलरलाई तीन भागमा विभाजनगरी तीन वैज्ञानिकलाई दिइने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया