बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

कोभिड महामारी नियणत्रणमा राज्य र जनतालाई सहजरुपमा स्वास्थ्य उपकरण लगायतका सामाग्री उपलब्ध तथा सहयोग गर्दे आएको रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल, केमसन को १७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा केमसनका अध्यक्ष सुरेश घिमिरेले राष्ट्रिय चाडबाडमा कोभिडबाट सुरक्षित भई मनाउनु पर्ने बताएका छन् । सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० व्यक्ति सहभागी भएको जनाएका थिए । संस्थाले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा पत्रकार समुदायमा कोभिड सुरक्षाका लागि स्वास्थ्य उपकरण वितरण गरेको थियो ।

रक्तदान कार्यक्रम

कोरोना संक्रमणको दोस्रो लहरमा ६० लाख बराबरको स्वास्थ्य सामाग्री र स्थानीय का.म.पा वार्ड न.३० को संयुक्त रूपमा सहभागी भई रातोपुलमा वेयलकेयर हस्पिटलमा २५ बेड क्षमताको एचडीयू तथा अक्सिजन सहितको निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो ।
केमसन संस्थाको स्थापना हुनुमा पूर्व अध्यक्ष सुशील थापा, त्यस्तै केमसनको तर्फबाट उवासंघमा प्रतिनिधित्व गरिरहेका भक्त हमाल लगायतका रसायन तथा मेडिकल आपूर्ति तर्फका अन्य व्यक्तित्वहरूलाई धन्यवाद दिएका थिए ।

नेपाल मेडिकल एसोसिएसनका महा–सचिव डा. बद्री रिजाललाई सम्मान गरिंदै

संस्थाले १७ औँ ववर्षमा प्रवेश गर्दा देशभर सञ्जाल फैलाउन सफलभई रसायन तथा मेडिकल आपूर्तिलाई सहज बनाउन सफल भएको छ । कोभिड महामारी नियणत्रणमा संस्थाले राज्य र जनताका लागि गरिएको सामूहिक सहयोगका लागि सम्पूर्ण केमसन सदस्यहरूलाई बिपीको बेलामा लागिरहनुपर्ने बताएका छन् ।


ह्याम्स हस्पिटलका अध्यक्ष राम शरण भण्डारी

उक्त वार्षिक उत्सवमा सम्मानित भएका ह्याम्स हस्पिटलका अध्यक्ष राम शरण भण्डारीले उनलाई राष्ट्रले सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । यो सम्मान उनी मार्फत केमसन संगढनले प्राप्त गरेकोले संस्थाको राष्ट्रिय पहिचान बनेको बताएका छन् । यो सहित केमसनले उनको कार्यको उच्च मुल्याङ गर्दे गरिएको सम्मानबाट आफूलाई लाइफ टाइम अचिभमेन्ट भएको बताएका छन् ।

केमसनले १६ वर्षमा हासिल गरेका सफलतामा आफूलाई सहभागी गराइएकोले जीवनकालमा समाज प्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्न पाइएको बताएका छन् । यो सहित संस्थाका पूर्व अध्यक्ष भक्त हमाललाई उवासंघको कार्यसमिति सदस्यमा निर्वाचित गराउन सफल भएको स्मरण गरेका थिए । राष्ट्रको बिपतमा केमसनले सधैँ साथ दिएको बताउँदै, ह्याम्स निजीक्षेत्रबाट कोभिड उपचारमा पहिलो हस्पिटल बनेकोमा खुसी व्यक्त गरेका थिए ।

कोभिड उपचार पद्धतिमा सम्पूर्ण सुविधा उपलब्ध भई ह्याम्स हस्पिटलले हजारौँको ज्यान जोगाउन सफल भई बिरामीको पहिलो रोजाईमा पर्न सफल भएको बताएका छन् । यस कार्य सफलतामा केमसन सदस्यहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दे, स्वास्थ्यतर्फका व्यवसायीहरूले इमान्दारीतालाई अनुसरण गर्दा नेपालको स्वास्थ्य क्षेत्र प्रणालीलाईलाई थप बलियो बनाउन निजीक्षेत्रको पहल हुनुपर्ने बताए ।


डा. बद्री रिजाल महा–सचिव, नेपाल मेडिकल एसोसिएसन

नेपाल मेडिकल एसोसिएसनका महा–सचिव डा. बद्री रिजालले नेपालमा कोभिड चिकित्सा प्रणालीलाई थप प्रभावकारी बनाउन निकट भविष्यमा राष्ट्रिय स्वास्थ्य सम्मेलनको आयोजना गरिने बताएका छन् । उक्त सम्मेलनमा हेल्थ रिसर्च काउन्सिलको प्रत्यक्ष सहभागिता रही कोभिड महामारी लगायतका सरुवा रोग नियणत्रणमा केन्द्रीत रहने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया