बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सिभिल समूहका अध्यक्ष तथा पूर्व सांसद समेत इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ परेका छन् । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो साँझ सुन्धराबाट पक्राउ गरेको हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको ब्युरोका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।

तामाङसहित प्रहरीले अन्य १० जनालाई पनि पक्राउ गरेको जनाएको छ । सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारी लगायतका मालिक समेत रहेका तामाङ ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

तपाईको प्रतिक्रिया