बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्यांग्लर नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नक्सालस्थित जिप सो रुममा आयोजित लन्च इभेन्टमा जिप र्यांग्लरलाई सार्वजनिक गरेका हुन् ।

विश्वमै चिनिएको जिप र्यांग्लर नेपालमा टु–डोर र फोर–डोरमा उपलब्ध गराइएको छ । टु–डोर र्यांग्लर रुबिकन ट्रिममा उपलब्ध छ भने ‘ र्यांग्लर अनलिमिटेड’ पनि भनिने र्यांग्लर फोर–डोर रुबिकन र सफारी गरी दुई मोडलमा उपलब्ध छ।


नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी

 

‘अमेरिकी इतिहाससँग जोडिएको गाडी नेपालमा आउनु हाम्रो लागि गौरवको विषय हो,’कार्यक्रममा राजदूत र्यान्डी बेरीले भने,‘भविष्यमा पनि नेपाल–संयुक्त राज्य अमेरिकाबिच व्यापार तथा लगानीको सम्बन्ध अझै बढी प्रगाढ हुने अपेक्षा हामीले लिएको उनले बताए ।


त्यसैगरी, एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नेपालमा  र्यांग्लर ब्राण्ड आउनु ठुलो उपलब्धि भएको जनाए । ‘जिप र्यांग्लर सबैभन्दा आइकनिक मोडेल हो जसले जिपको ८० वर्ष लामो सम्पदालाई विस्तार गरिरहेको छ ।’

आइकनिक डिजाइन

र्यांग्लर  टिपिकल जिपको लुक छ ।  र्यांग्लरको सेभेन स्लट ग्रिल, एईडी डीआरएल सहितको ठुलो गोलो हेडल्याम्प, वर्गाकारको एलईडी टेल ल्याम्प, फोल्ड डाउन विन्ड शिल्ड, रिमुभेबल हार्ड रुफ एन्ड डोरले यसलाई आइकनिक बनाएको छ । यसको डिजाइन सन् १९४१ को जिपको पहिलो एसयुभी विलिस एमबीबाट प्रभावित छ । यसमा यसमा १७ इन्चको ट्रेपेजोइडल ह्विल आर्क रहेको छ । यी सबैलाई   र्यांग्लरलाई संसारमै सबैभन्दा बढी चिनिएको गाडी बनाएको हो ।

मोस्ट क्यापेबल एसयुभी

अटो मोबाइल इतिहासमै सबैभन्दा क्षमतायुक्त ४ बाई ४ एसयुभी, जिप  र्यांग्लरमा ट्रेल–रेटेड ब्याज छ जसले यसको प्रभावशाली अफ–रोड क्षमतालाई दर्साउँछ।

जिप र्यांग्लरलाई २.० लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ऊर्जा दिन जसले २०१ किलोवाट पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ । यो इन्जिनमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ ।  र्यांग्लरको रुबिकन

ट्रिममा रकट्रयाक ४ बाई ४ सिस्टम रहेको छ जसले जस्तोसुकै भुबनोटमा पनि गाडीलाई अघि बढिरहन मद्दत गर्छ । र्यांग्लरको ग्राउन्ड क्लेरेन्स २१७ एमएम रहेको छ ।

प्रिमियम इन्टेरियर

र्यांग्लरको इन्टेरियरलाई हेर्ने हो भने यसमा लेदर ड्यासबोर्ड, लेदर सिट र लेदरले र्याप गरिएको मल्टिफंक्सन स्टेरिङ ह्विल, गरियर सेलेक्टर, ट्रान्सफर केस र पार्किङ ब्रेक रहेको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ८.४ इन्चको युकनेक्ट टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमका साथै ७ इन्चको ड्राइभर इन्फोर्मेसन डिस्प्ले, डुअल जोन एअर कन्डिसनिङ, इन्जिन स्टप÷स्टार्ट, क्र्युज कन्ट्रोल, एम्बियन्ट लाइटिङ एन्ड वेदर फ्रुफ पुस–बटन स्टार्ट विशेष सुविधा हुन।

सर्वोत्कृष्ट सेफ्टी फिचर

र्यांग्लरमा ७५ प्यासिभ र एक्टिभ सेफ्टी फिचर छन् । त्यसमध्ये केही पार्क अशिष्ट सिस्टम, रियर ब्याक अप क्यामेरा, इएससी, टीएससी (ट्रेलर स्वे कन्ट्रोल), एचएसए (हिल स्टार्ट अशिष्ट), एचडीसी (हिल डिसेन्ट कन्ट्रोल), ईआरएम (इलेक्ट्रोनिक रोल मिटिगेसन) र टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) हुन्।

मूल्य

के हो जिप र्यांग्लर ?

– आइकनिक जिप र्यांग्लर  संसारमै सबैभन्दा बढी क्यापेबल फोरवाइड एसयुभी हो ।
– यसको स्टाइल ओरिजिनल र आधिकारिक छ जो विलिस एमबी १९४१ बाट प्रभावित छ ।

– र्यांग्लरले फ्रिडम र एडभेन्चरलाई प्रत्याभूत गर्छ । जिपको ‘गो एनिह्वेयर, डु एनिथिङ’ ट्यागलाई

र्यांग्लरले चरितार्थ गर्छ।

– सेभेन स्लट ग्रिल, एईडी डीआरएलसहितको हेडल्याम्प, वर्गाकारको एलईडी टेल ल्याम्प, फोल्ड डाउन विन्ड शिल्ड, रिमुभेबल हार्ड रुफ एन्ड डोरले र्यांग्लरलाई संसारमै सबैभन्दा चिनिएको एसयुभी बनाउँछ।

तपाईको प्रतिक्रिया