बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथपछि मन्त्रालय पुगेका कार्कीले फरक किसिमबाट पदबहाली गरे ।

सामान्यतया मन्त्रीहरूले पदबहाली गर्दा कागजमा लिखितरुपमा हस्ताक्षर गर्दै कुनै एउटा निर्णय गर्ने परम्परा छ । तर सञ्चारमन्त्री कार्कीले भने यसपटक त्यसो गरेनन् । मन्त्रालयको निर्णयलाई उनले डिजिटल हस्ताक्षरको प्रयोग गरेर प्रमाणीकरण गरे ।

कार्कीले पदबहालीमा गरेको प्रयोग नेपालको हकमा नौलो हो । सरकारले डिजिटल नेपाल अभियान अन्तर्गत डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने विषय समावेश गरे पनि यसको व्यापक प्रयोग हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया