बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

शरीरमा सरुवा रोगको प्रतिरोधात्मक क्षमता अभिवृद्धिकालागि वैज्ञानिकहरूको सोधकार्यबाट उत्पादन भएका भ्याक्सिन प्राय आजीवन सक्रिय रहने गर्दछन् । तर कोभिड सर्नबाट जोगिन उपलब्ध भएका भ्याक्सिन शरीरमा सक्रिय रहने समय अन्यको दाँजोमा कम समय रहेको पाइएको छ ।

शोधकर्ताका अनुसार चिकेनपक्सका रोगका लागि दिइने भ्याक्सिनको आयु १०–२० वर्षसम्म सक्रिय रहने गर्दछ । त्यस्तै टिटानसका इन्जेक्सनले कम्तीमा १० वर्ष काम गर्दछ । तर कोभिड भ्याक्सिन ६ महिना वा त्यो भन्दा कम समय भित्र निषक्रीय हुने गरेको पाइएको छ ,यसको बारेमा वैज्ञानिकहरूले हालसम्म यकिन तथ्य सार्वजनिक गरेका छैनन् ।

भ्याक्सिनको उद्देश्य नै प्राकृतिक रूपमा शरीरलाई रोग सर्नबाट जोगाउनु हो । जसबाट अन्य असर हुन नदिई मृत्युबाट मानिषलाई बचाउने प्रयास गरिन्छ । भ्याक्सिन प्रयोगबाट सम्बन्धित व्यक्ति अन्जानबस उक्त भाइरसको सम्पर्कमा आएपनि सर्नबाट जोगिने उत्तम उपाय हो । तर अमेरिकाका उमरो विश्व विद्यालयका जीव विज्ञानका प्रोफेसर रुस्तमका अनुसार सबै प्रकारका भ्याक्सिनको कार्यक्षमता एकै प्रकारको नहुने बताउँछन् ।

प्राय भ्याक्सिनको प्रयोग तीन प्रकारको सुरक्षमा आधारित हुने गरेको उनी बताउँछन् । “सक्रमणबाट रोक्नु , सिकिस्त बिरामीबाट जोगाउने र अन्य व्यक्तिमा सक्रमण हुन नदिने खालका हुने गर्दछन् । ”

तपाईको प्रतिक्रिया