बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा स्थलगत पारवहन प्राथमिकतामा पर्दे आएको छ । यसतर्फ कुल वाणिज्यको ६० प्रतिशत हिस्सा ओगट्ने स्थलगत पारवहनमा आयात–निर्यात सहजीकरणमा सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि वाणिज्य किफायती तथा सहज हुन थालेको छ । सुख्खा बन्दरगाहको व्यवस्थापन सहित भारतका हल्दिया तथा विशाखापटनम बन्दरगाहबाट सामान ढुवानीमा भारतीय कोन्कर कम्पनीले व्यवस्थापन गर्दे आएको थियो ।

कोन्कर

सरकारी नेपाल इन्टरमोडल यातायात विकास समितिले अन्तर्गत सञ्चालित सिर्सिया सुख्खा बन्दरगाहमा निजीक्षेत्रको सहभागीताका लागि बन्दरगाह व्यवस्थापनमा प्रिसटिना भ्याली ड्राइपोर्ट १ वर्ष अघि सञ्चालनमा आइसकेको छ । यसबिच नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलो पटक निजी रेल हिन्द टर्मिनल कन्टेनर बोकेर वीरगन्ज सुक्खा बन्दरगाहमा भित्रिए पछि अब अर्का प्रतीशपर्थी कम्पनी कोन्कर बिच रेल भाडदारमा प्रतिशपर्था सुरु हुने सम्भावना बढेको छ , यसबाट नेपाली आयातकर्तालाई फाइदाजनक हुने यसक्षेत्रका जानकार बताउँछन् ।

३ महिनाअघि मात्रै भारतीय निजी रेल सेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने गरी सम्झौता संशोधन भएको थियो । भारतीय निजी रेल सेवा प्रदायक र कोन्कर बिच भाडादारको प्रतिशपर्था , नेपाली आयातकर्ताका लगानी त्यस्तै सुख्खा बन्दरगाहसम्म रेल आउने तालिका लगायतका विषयमा प्रिसटिना भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी.मोहन सहित नेपाल फ्रेट फरवार्डस एसोसिएसनका नरेश कुमार अग्रवाल र साईँ ग्लोबल सिपिङका निर्मल पौड्याल समक्ष बिजनेस वल्ड अनलाइनले प्रश्न उठाएको थियो ।

प्रिसटिना भ्याली ड्राइपोर्ट

 

यसअघि भारतको कोन्कर रेल कम्पनीमा नेपालतर्फको फ्रेट व्यवसाय, व्यवस्थापनको जिम्मेवारी बी.मोहनले पाएका थिए । नेपालतर्फको आयातित सामान ल्याउन भारतीय निजी क्षेत्रको रेलसेवाको प्रवेशले कोन्कर बिच भाडदारमा प्रतिशपर्था हुने उनी बताउँछन् ।

उनका अनुसार नेपालतर्फ भारतीय निजी क्षेत्रको रेलसेवाले निरन्तरता हुनका लागि नेपाली आयातकर्ता तर्फ मागमा वृद्धि हुन जरुरी छ । रेलले पूर्ण क्षमतामा सामान बोकी नेपाल भित्रिन २० फुटका नब्बे कन्टेनर वा ४० फुटका ४५ कन्टेनर आवश्यकपर्ने गर्दछ ।

नेपालतर्फ भारतीय निजी रेलसेवा भर्खर सुरु भएको छ । व्यापार तान्न नेपालतर्फ बुकिङ भएका कन्टेनर ल्याउन विदेशी सिपिङ कम्पनीहरुसंग वार्ता सुरु गरिएको छ ।

उता व्यापार पाउन यसअघि नेपालतर्फ मालवाहक रेलसेवा दिइरहेका कोन्करले प्रतिकन्टेनर भाडा ३१ देखि ३७ प्रतिशतसम्म घटाए पनि निजीतर्फको नियमित रेलसेवा सुची आउन केही समय लाग्ने उनले बताए ।

नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा आयातकर्ताहरूले वर्षेदेखि प्रतितपत्र मार्फत सामान आयातगर्दा सीआईएफ (CIF) वीरगन्ज हुनुपर्ने माग हाल आएर सम्बोधन भएको छ । उनका अनुसार विदेशी सिपिङ कम्पनीका शाखा कार्यालय नेपालमा सञ्चालन हुनुपर्ने व्यवसायीका माग बमोजिम केही सिपिङ कम्पनीले नेपालमा कार्यालय सञ्चालन सुरुवात गरेका छन् ।

कोन्कर र निजी रेलसेवा बिच अबको सेवा मूल्यमा कसले कति मुनाफा घटाउने त्यसमा प्रतिस्पर्धा हुनेछ । किनकि पानी जहाजबाट कन्टेनर रेलको वागनमा लोड भएपछि इन्जिनसम्म ल्याउने भारतीय रेलसेवाको हाउलेज (Haulage) शुल्क उस्तै रहन्छ । मात्र नेपालको सिर्सियासम्म पुर्‍याउन लिइने शुल्कमा मुनाफा घटाई व्यवसायमा प्रतिस्पर्धा हुनेछ ।

प्रिसटिना नेपालको लागि सुख्खा बन्दरगाह टर्मिनल व्यवस्थापक मात्र नभई भारतीय निजी रेलसेवालाई नेपाल ल्याउन व्यवसायीक सहभागिता जनाइसकेको छ । उक्त ड्राइपोर्टबाट सरकारले ५ वर्षको अवधिमा ३ खर्ब राजस्व उठाउने लक्ष्य लिएको छ ।

प्रिसटिनाले सुख्खा बन्दरगाहको व्यवस्थापन हातमा लिएपछि आयात–निर्यातकर्ताहरुलाई कन्टेनर व्यवस्थापनमा सहज हुँदै गएको छ । बन्दरगाह भित्र आवश्यक अन्तर्राष्ट्रिय स्तरका कन्टेनर लिफटगर्ने उपकरण लगायत सम्पूर्ण पूर्वाधारमा थप ५० करोड लगानी गरिएको छ । बन्दरगाहको सुरक्षाको
दृष्टिकोणले थप मजबुत बनाई, टर्मिनललाई वैज्ञानिक ढाँचामा रुपान्तरणगरी कर्पोरेट व्यवहारमा उतारिएको छ ।


              सिपिङ कम्पनीले भाडादर नघटाएसम्म वाणिज्यको लागत घट्दैन

कोभिड संक्रमण सुरु भएपछि सपिङ कम्पनीले नेपाल आउने कन्टेनरमा मनोमानी दरमा भाडा असुल्न थालेको पाइएको छ । यसबाट वाणिज्यको लागत उच्च हुनगई उपभोक्ता महँगीको मारमा पर्न थालेका छन् ।

नेपालतर्फ हुने आयातबाट विदेशी सिपिङ कम्पनीले उच्च मुनाफा बटुल्न थालेका छन् । हाल सामान आयातमा सीआईएफ (CIF) वीरगन्ज भई आउने गर्नाले विदेशीलाई सहज प्रतिफल प्राप्त भएको छ ।

सिपिङ कम्पनीका बिच सेवा मूल्यमा प्रतिस्पर्धा भई कन्टेनर भाडा दर घट्ने अपेक्षाले नेपाल–भारत बिचको पारवहन सन्धिमा (CIF) वीरगन्ज हुनुपर्ने माग सम्बोधन भएको थियो । तर त्यसको ठिक विपरीत सिपिङ कम्पनीहरूले भाडा घटाउनुको सट्टा झन् मूल्यमा उच्च वृद्धि गर्दे लगेको छ ।

हिजो सिपिङ कम्पनीहरूले बिल्मब शुल्कको नाममा नेपाली आयातकर्ताहरूबाट उच्च रकम असुल्दै आएको थियो । आज कलकत्ताबाट वीरगन्ज सुख्खा बन्दरगाहसम्म सामान ल्याउँदा ट्रान्सर्पोटको भाडा दर उच्च गराई पैसा असुलीरहेका छन् ।


प्रिसटिनाले सुख्खा बन्दरगाहको रेलसेवा १०–१५ प्रतिशत सस्तो हुने अपेक्षा

निर्मल पौड्याल कार्यकारी निर्देशक साईँ ग्लोबल सिपिङ

भारतको हाल्दिया बन्दरगाहबाट वीरगन्ज सुख्खा बन्दरगाहसम्मको रेल सेवामा एकाधिकार तोड्दै भारतको निजी रेलसेवाको सुरुवातले भाडादर केही घट्ने अपेक्षा गरिएको छ । रेल भाडा दरमा प्रिसटिनाले सुख्खा बन्दरगाहले समेत १०–१५ प्रतिशत सस्तो हुने जनाएको छ । साईँ ग्लोबल सपिङले प्रिसटिनाको रेलसेवा प्रयोगमा ल्याएपछि मात्रै वास्तविक सेवा मूल्य थाहा पाउन सक्छ ।

हाल कलकत्ताबाट ३ त्यस्तै विशाखापटनमबाट साप्ताहिक ५ पटक रेलसेवा उपलब्ध हुँदै आएको छ । रेलले ल्याउने र्‍यकमा ९० कन्टेनर अटाउँछ । जसमा ४५ वटा ४० फुट वा ९० वटा २० फुटका कन्टेनर आउने गर्दछन् ।

कोन्कर र प्रिसटिनाल ड्राइपोर्ट रेलसेवाका दुवै कम्पनीसँग कन्टेनर भाडाका विषयमा सौदाबाजी हुँदा भाडामा केही कमी आउने विश्वास गर्न सकिन्छ । केहीअघि कोन्कर र प्रिसटिना दुवैले आ–आफ्ना रेलसेवाका विषयमा मुल्यसुची प्रकाशित गरेका थिए । प्रिसटिनाल ड्राइपोर्टको मूल्य सुचीको अन्तिम हरफमा अन्य महसुल जोडी राखिएको दरभाउ कोन्करको तुलनामा खास फरक नदेखिएपनि भविष्यमा दरभाउ घट्ने आस गर्न सकिन्छ ।

विदेशी सिपिङ कम्पनीहरुलले युरोप र अमेरिकामा कन्टेनर फसेको बहानामा नेपालतर्फको कन्टेनर बुकिङमा उच्च शुल्क असुलिरहेका छन् । यही कारणले वाणिज्यमा सय देखि दुईसय प्रतिसतसम्म लागत वृद्धि भई आयातित सामानका बजार मूल्य महँगो हुन पुगेको छ ।

यो समस्या सा २०२२ को मध्यसम्म लम्बिने देखिन्छ । नेपालमा आयातहुने सामानमा भन्सार मुल्याङन दर महँगो भएकै बेलामा सिपिङ फ्रेट शुल्क उकालो लागेपछि त्यसको असर उपभोक्ता मूल्यमा देखिएको छ ।

मूल्य सुची

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया