बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

माइक्रोसफ्टको अति लोकप्रिय सामाजिक सञ्जाल एप लिंकडीन यस वर्षको अन्यसम्ममा चीनमा बन्द गरिने जनाइएको छ । सन २०१४ मा लिंकडीनले चीन प्रवेश गरेको थियो । त्यसबेला चिनिया प्रयोगकर्ताको सख्ंया ४० लाख पुगेको कम्पनीले जनाएको छ । सन २०२१ को जुलाइसम्म यो आँकडा ५ करोड ३२ लाख पुगीसकेको छ ।

चीनमा सामाजिक सञ्जाल मार्फत त्याहांका उद्योगी–व्यवसायीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न उच्च प्रयोग गरिरहेका थिए । लिंकेडीनका अनुसार चीनको सामाजिक सञ्जाल माथिको नियणत्रणकारी नियमले त्याहां सञ्चालनगर्न उपयुक्त वातावरण नभएकोले बाध्यभई बन्द गर्नुपर्ने भएको छ । यसका साथै त्याहां निरन्तरता दिन चिनिया सरकारसङ भिन्दै स्वीकृति लगायतका झन्झटिलो कानुनी प्रक्रियाले कम्पनीले यो कदम चाल्न बाध्य हुनु परेको छ । चीनले अमेरिकी प्रविधि कम्पनी लिंकेडीनलाई प्रयोगकर्ताका तथ्याङ्क सहित एकआपसमा गरिएका कुराकानी हुबहु उपलब्ध गराउनुपर्ने सर्त राखेको थियो । यो सर्त कम्पनीको नियम विपरीत भएको बताइएको छ ।

लिंकडीन प्रयोगकर्ताहरू माझ नयाँ रोजगारीका अवसर तथा आर्थिक सम्वृद्धिमा यस सामाजिक सञ्जालले सघाएको कम्पनीको दाबी छ । समाज तथा राष्ट्रका विषयका विभिन्न सूचना आदान प्रदान गर्न यो सामाजिक सञ्जाल सफल हुँदै गएको दाबी गरिएको छ । लिंकडीनले सामाजिक सञ्जाल हटाई अब उपरान्त रोजगारीका लागि आवेदन मात्र भर्न पाउने वेबसाइट चीनमा ल्याइने जनाइएको छ ।

लिंकेडीनले आफ्नो सामाजिक सञ्जाल बन्द गरेपछि टेक प्लाटर्फमका अग्रणी फेसबुक र ट्विटरले समेत चीनबाट पूर्णरुपमा बाहिरिने योजना बनाएको बुझिएको छ । लिंकेडीनको प्रयोगकर्ता देश मध्ये अमेरिका पहिलो स्थानमा पर्दछ । त्याहां करिब १ अर्ब ७१ करोड प्रयोगकर्ता छन् , त्यस्तै एसियाली महाद्वीपको भारतमा ६करोड ९० लाख,चीनमा ५ करोड १० लाख तथा अफ्रिकी मुलुक ब्राजिलमा ४ करोड ५० लाख प्रयोगकर्ता छन्

एप्पलले समेत चीनमा कुरान एपलाई बन्द गरेको छ । चीनमा जातीय विभेद सम्बन्धी अवान्छीत लेख रचनाहरू प्रकाशित गरेको एप्पललाई आरोप लागेको थियो । उक्त कुरान मजिता नामक एपको प्रयोगकर्ता चीनमा १ करोड ५० लाख प्रयोगकर्ता थिए ।

तपाईको प्रतिक्रिया