बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

देशको एकमात्र पूंजीबजारमा नयाँ लगानीकर्तालाई प्रोत्साहन दिनुको सट्टा राष्ट्रबैकले थप कडा नीति ल्याएको जनाएको छ । आयस्रोत नदेखाई वित्तीय संस्थाका सेयर किन्न नपाइने भएको छ ।
वित्तीय संस्थाका सेयर खरिदकर्ताले आयस्रोत सम्बन्धी अद्यावधिक विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने बताइएको छ ।

राष्ट्रबैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था ल्याएको हो । नयाँ व्यवस्था अनुसार वित्तीय संस्थाका सेयर खरिदकर्ताले बैंकले तोकेको ढाँचामा आय विवरण पेस गर्नुपर्ने छ ।
बैंक–वित्तीय संस्था स्थापना एवम वित्तीय कारोबार गर्ने इजाजत पत्र सम्बन्धी नीतिगत तथा प्रक्रियागत व्यवस्था: २०६३ को संशोधित अनुसूची ३ को बुँदा नं १६ को विवरण अन्तर्गत लगानी हुने रकमको आयस्रोत र सोको अद्यावधिक सम्बन्धी एन प्रयोगमा ल्याइएको हो ।

उता राष्ट्रबैंकले सेयर धितोकर्जामा प्रयोजन नखुलाए ५० लाखको सीमा तोकेको छ । त्यसकारण बैंक तथा वित्त कम्पनीले प्रयोजन नखुलाई माग भएका व्यक्तिगत कर्जा ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न पाउने भएका छन् । भने, सेयर धितोमा समेत कर्जा कहाँ खर्च गर्ने नखुलाए ५० लाख रुपैयाँमात्र कर्जा दिन राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ लाई संशोधन÷परिमार्जन थप व्यवस्था गर्दै सो परिपत्र जारी गरेको हो । यसअघि नै राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका ओभर ड्राफ्ट, सवारी धितो, सम्पत्ति धितो, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरू प्रति ५० लाख रुपैयाँमात्र कर्जा दिन निर्देशन दिएको थियो ।

यसअघि मुद्दती निक्षेप रसिद, सुन चाँदी र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा शत प्रतिशतसम्म बैंकहरुले कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।

जारी निर्देशन अनुसार अब बैंक तथा वित्त कम्पनीले उल्लेखित धितोमा समेत प्रयोजन नखुलाएमा ५० लाख रुपैयाँमात्र कर्जा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थाका सेयर खरिद तथा सेयर धितो कर्जामा सीमा लगाए जसरी निक्षेपको होडबाजीमा पनि निश्चित व्याजका लागि सीमा तोक्नुपर्ने दायित्वबाट पन्छिएको छ ।

तपाईको प्रतिक्रिया