बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको जनाएको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले बतायो । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटेन्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटेन्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्मचल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटीएक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु१०,००० उपहार प्रदान गरिनुको साथै प्रत्येक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जनालाई लखपति बन्ने योजना रहेको छ ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १गते देखि कार्तिक ३०गते सम्मलागू हुनेछ । यस अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही, यो उपहार योजनामा सहभागी हुने पाउने छन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मागर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदानगर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया