बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको जनाइएको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दे सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको बताइएको छ ।
रानीपोखरी काठमाडौँमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेशले सिस्टममा आधारित स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए ।

दुई सेवाग्राहीले अमेरिका स्थित रिया फाइनान्सियल सर्भिस र युएई स्थित अल अन्सारी एक्सचेन्ज मार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।

अफर अनुसार आइएमईले उनीहरूका सिफारिसमा निकट आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गरिएको छ ।

यसैगरी आइएमईले तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोटमा परेका छन् । उनीहरूलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबलको ८ गुणा अफर यहीँ असोज १ देखि कार्तिक २६ (तदाअनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरूलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

आइएमईका संस्थापक, आइएमई समूहमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुनेछैन ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अद्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया