बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

अमेरिकाले नेपाललाई कोरोना विरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोग स्वरूप उपलब्ध गराइएको हो ।

अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ । यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो । यसअघि जुलाईमा अमेरिकाले कोरोना विरुद्धको १५ लाख जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो । दूतावासले सम्भवतः भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया