बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपालमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ । नियामक निकाय बिमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बिमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बिमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो । चालु आ.वको असोज मसान्तसम्ममा जीवन बिमा शुल्क सङ्कलन ३८ अर्ब १८ करोड छ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा जीवन बिमा शुल्क सङ्कलन ३२ अर्ब २८ करोड रुपियाँ रहेको थियो ।

सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनी र २० निर्जीवन गरी ३९ वटा कम्पनीको बिमा शुल्क सङ्कलन ४७ अर्ब ८७ करोड ४१ लाख रुपियाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.११ प्रतिशतले बढी हो । अघिल्लो

वर्षको सोही अवधिमा कुल बिमा शुल्क सङ्कलन ३९ अर्ब ८६ करोड रुपियाँ रहेको छ।
समितिका अनुसार यो वर्षको असोज मसान्तसम्म जीवन बिमालेख सङ्ख्यामा २०.३८ प्रतिशतले वृद्धि भएको छ भने वैदेशिक रोजगार बिमालेख सङ्ख्यामा ३४.७६ प्रतिशतले वृद्धि भएको छ । निर्जीवन बिमालेख सङ्ख्या भने ०.१९ प्रतिशतले मात्रै वृद्धि भएको छ । बिमाको दायरामा आएको जनसङ्ख्या यो वर्षको असोज मसान्तसम्म २६.३६ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया