बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

देशको प्रतिष्ठित व्यवसायीक घराना मध्ये सुमार्गी समूहबाट सामाजिक तथा आर्थिक विकासलाई प्राथमिकतामा राख्दै खाद्यान्न, शिक्षा लगायतका दर्जनौँ औद्योगिक क्षेत्रमा अबै लगानी गरिएको छ । त्यही ठुला व्यावसायिक घरानाबाट अकिंता सुमार्गीले एशोसियट तर्फबाट उम्मेदवारी दिएपछि मकवानपुर क्षेत्रका व्यवसायीक समूहहरू उनलाई जिताउन लागी परेकोले उनको जित सुनिश्चित रहेको उनी सम्बद्ध सूत्रले बताएको छ ।

मकवानपुर उवासंघमा ठुला व्यावसायिक प्रतिष्ठानको सख्ंया कुल ११७ रहेका छन् । ती प्रतिष्ठानहरूको आग्रहमा उनले उम्मेदवारी दिएकी हुन् । किनकि त्यसक्षेत्रका महिला व्यवसायीहरूको आर्थिक तथा सामाजिक विकासको लागि ठुला व्यवसायीक घरानाबाट महिला नेतृत्वको आवश्यकता रहँदै आएको छ । त्यहाँका अन्य महिला व्यवसायीहरू समेत उनको उम्मेदवारी खुसी भएका छन् । अबका दिनमा स्थानीय महिलाहरू द्धारा उत्पादित वस्तुको बजार विकासमा अकिंताको विशेष योगदान रहने बताइएको छ ।

उनी त्यस भेगमा पहिलो पटक महिला व्यवसायीक नेतृ भएकीले महिला लक्ष्ति उद्यमशीलता विकासमा लागिपर्ने उनको उद्देश्य रहेको अकिंता सुमार्गीले बिजनेस वल्ड अनलाइनलाई बताइन् ।

उक्त चुनावमा सहभागी भएका उवासंघका जिल्ला नगर समूहका कार्यकारिणी सदस्य अरुण सुमार्गीका अनुसार अकिंताले लखनउ विश्वविद्यालयबाट स्नातकतह उर्तीण पछि लामो समयदेखि त्यस भेगको लायन्सकल्ब मार्फत सामाजिक सेवामा आबद्ध रहँदै आएकी छिन् । उनी मकवानपुर लायन्स सञ्जालमा रहेका ७ क्षेत्रीय प्रमुख मध्ये पहिलो महिला क्षेत्रीय प्रमुखको जिम्मेवारी सम्हाली सकेकी छिन् । उनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दे आगामी वर्ष उनलाई लायन्स गर्भनरको जिम्मेवारी दिइने बताइएको छ ।

अकिंताका अनुसार काठमाण्डौंबाट छोटो दुरीमा रहेको मकवानपुरका महिला उद्यमीहरूका लागि व्यवसायीक सीप विकासका थुपै कार्यक्रमहरू ल्याइने छ ।

हाल उनले उच्चस्तरीय शिक्षा सेवा उपलब्ध गराउँदै आएको हेटौँडा एकेडेमी नामक विद्यालय सञ्चालन गर्दे आएकी छिन् । त्यसबाहेक त्याहांका महिलाहरूको व्यावसायिक सीप विकास स्तरोन्नतिका लागि अचार,बेकरी लगायतका उत्पादनमा तालिम सञ्चालन गर्दे आएकी छिन् । यो समाचार तैयार हुँदासम्म मकवानपुर उवासंघमा चुनाव चलिरहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया