बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

दर्जन वाणिज्य बैंकहरुले गत वर्षसम्मको कारोबारका आधार कमाएको रकमबाट प्रदान गर्ने लाभांश घोषणा गरेका छन् । बैंकहरुले दिएको लाभांशबाट अहिलेको सेयर मूल्य अनुसार कति प्रतिफल पाइन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ ।

लाभांश घोषणा गरेका बैंकहरुको औसत लाभांश दर भने १५.६९ प्रतिशत छ ।

बुकक्लोज अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकका सेयरधनीलाई भएको छ । नेपाल इन्भेस्टमेन्ट बैकसँग मर्जरको प्रक्रियामा रहेका कारण सेयर कारोबार रोकिएकोले पनि हिमालयन बैंकका सेयरधनीले बढी प्रतिफल प्राप्त गरेको देखिएको हो । सेयर कारोबार नरोकिएको भए हिमालयन बैंकको सेयर मूल्य पनि बढेर सो बैंकका सेयरधनीले पाउने प्रतिफल कम हुने देखिन सक्थ्यो । यद्यपि, यो केबल अनुमान मात्रै हो ।

बैंकहरुले लाभांश घोषणा गरिसकेपछि बुक क्लोज भएकाहरूको हकमा भने बुक क्लोज हुने दिनको बजार मूल्य र अन्य बैंकहरुको हकमा कात्तिक ७ गतेको सेयर कारोबार बन्द हुँदाको समयमा कायम भएको मूल्यका आधारमा लाभांश प्रतिफल हिसाब गरिएको हो ।

चालु आर्थिक वर्षमा दर्जन वाणिज्य बैंकहरुले लाभांश यस प्रकार रहेको छ ।

लाभांश

 

तपाईको प्रतिक्रिया