बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिकमा रु.१२.११ करोड नाफा सहित वित्तीय विवरणमा सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको
यही अवधिमा कम्पनीले ८९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।
पहिलो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा २७ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीले १३ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीलाई ६० लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो ।

कम्पनीको सञ्चालन मुनाफा भने ३.५६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिमा २ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर २ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ९६ करोड निक्षेप संकलन गरी १ अर्बै ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

कम्पनीको रिजर्भको आकार १४.०९ प्रतिशतले बढेर ४७ करोड ९६ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ४२ करोड ४ लाख रुपैयाँ रहेको थियो।

चुक्ता पुँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीले खराब कर्जा ४.०५ प्रतिशतमा सीमित गर्न सफल भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको खराब कर्जा दर १४.२६ प्रतिशत रहेको थियो । सिडी रेसियो ८०.४२ प्रतिशत रहेको कम्पनीको आधार ब्याजदर १०.५८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५८.४७ रुपैयाँ रहेको छ । पिई रेसियो ७.३४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.३५ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया