बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

मकवानपुर उवासंघको निर्वाचनमा एशोसियट तर्फ अकिंता सुमार्गी लोकप्रिय मतसहित विजय भएकी छिन् । कुल १ सय १६ मत खसेकोमा उनले ७१ मत ल्याइन ।

मकवानपुर उद्योग वाणिज्य संघमा ठुला व्यावसायिक प्रतिष्ठानको संख्या ११७ रहेका छन् । मकवानपुरका महिला व्यवसायीहरूको आर्थिक तथा सामाजिक विकासको लागि महिला नेतृत्वको आवश्यकता रहँदै आएको छ । जितपछि सुमार्गीले अबका दिनमा स्थानीय महिलाहरूद्वारा उत्पादित वस्तुको बजार विकासमा आफूले विशेष योगदान दिने बताइन ।

उनी पहिलो महिला व्यवसायीक नेतृ भएकीले महिला लक्षित उद्यमशीलता विकासमा लागिपर्ने उद्देश्य रहेको अकिंता सुमार्गीले बताइन् ।

तपाईको प्रतिक्रिया