बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री विधि तथा तरिकाहरूको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । शेयर बजारमा गिरावट आउँदा धेरै लगानीकर्ताहरू निराश बन्छन्।

तर, दिग्गज र ठुला भनिएका लगानीकर्ताको लागि भने त्यो समय लगानी बढाउने सुवर्ण अवसर बन्छ। हुन पनि शेयर बजारको ’क’, ’ख’ सिकाउँदा हर कोहीले अरूलाई दिने सुझाव र अर्ति पनि त्यही हो। आधारभूत सूत्रका रूपमा– ’बढ्दो बजारमा बेच्ने, घट्दो बजारमा किन्ने’।

हुन त नेपालमा त्यतिले मात्र शेयर बजारमा टिक्न सकिँदैन। यहाँ भित्री सूचना लिएर कारोबार गर्ने देखि ठुला लगानीकर्ताले गर्ने कर्नरिङको मारमा साना लगानीकर्ता र कतिपय कम्पनी समेत पर्ने गरेका छन्। तर, केही व्यवस्थित र परिपक्व बजारमा भने त्यस्तो हुँदैन। आधारभूत सूत्रले सधैँ र सबैको लागि काम गर्छ ।

यो प्रसङ्ग किन यहाँ चर्चा गरिएको हो भने नेपालमा झैँ अहिले भारतमा पनि लगातार शेयर बजार गिर्दो अवस्थामा छ। बिहीबार एकै दिन ७ सय अङ्कले सेन्सेक्स घट्दा ठुला लगानीकर्ता भने आफ्नो शेयर बढाइरहेका छन् ।

बजार घटेको मौकामा भारतका ठुला लगानीकर्ता राकेश झुनझुनवाला र उनकी श्रीमती रेखाले टाइटनको शेयर किनेका हुन् । यससँगै उनले सरकारी कम्पनी इस्पात प्राधिकरण अर्थात् सेलको शेयरहरू पनि किनेका छन्। झुनझुनवाला र उनकी श्रीमतीको टाइटनमा ४.८७ प्रतिशत शेयर छ। टाइटनको शेयर अक्टोबर १८ मा गएको एक वर्ष कै उच्च बिन्दुमा पुग्यो। त्यस दिन शेयर मूल्य २,६५३ भारतीय रुपैयाँ थियो। तर बिहीबार यो २,३९३ रुपैयाँमा झ¥यो। अर्थात्, यो तीन दिनमा प्रति शेयर ३०० रुपैयाँले घट्यो। उता झुनझुनवालाले भने यही मौकामा किने।

यसको बजार मूल्य एक वर्ष पहिले १,१५४ रुपैयाँ थियो। टाइटनको मार्केट क्याप २.१३ लाख करोड रुपैयाँ छ। यस आधारमा राकेश र रेखा दुवैको टाइटनको शेयरको मूल्य १०,३९३ करोड रुपैयाँ छ ।

सेयरमा लगानी गर्नु अगाडि वित्तीय जग बलियो बनाउनुहोस् । त्यस्तै सर्वप्रथम सेयर बजारको ट्रेन्डको गहिरो अध्ययन र विश्लेषण गर्नुको साथै ट्रेन्ड पत्ता लगाइसकेपछि अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो कि होइन पहिचान गर्ने लगायतका उपाय अपनाइए सेयर बजार गिरावटले चिन्ता लिनु नपर्ने यस क्षेत्रका विज्ञ बताउँछन् ।

 

तपाईको प्रतिक्रिया