बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

अलका अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ । डा. श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । उपचारमा क्रममा नर्भिक अस्पतालमा गत शुक्रवार निधन भएको नेपाल चिकित्सक संघले एक विज्ञप्ति मार्फत जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति निकाल्दै डा.श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान सधैँ स्मरण योग्य हुने बताएका छन् ।

‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटु रोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ ।’

तपाईको प्रतिक्रिया