बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

एनएमबि बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो । एनएमबि नेपालको अग्रणी वाणिज्य बैंक हो, भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदीयमान अभिनेता मध्ये एक हुन् । बैंकले अभिनेता शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे ।

त्यसैगरी शाहलाई एनएमबि बैंक परिवारमा ब्रान्ड एम्बेस्डरका रूपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुसी छ । जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन्, त्यसरी नै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मूलधारमा राखी कार्य गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया