बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

SCT द्वारा संचालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्म क्यास व्याकको व्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासब्याक पाउन सक्नुहुनेछ ।

अफर दीपावलीको सुखद अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यू आर नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यू आर मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् ।

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्नेको सख्ंया वृद्धि भएकोले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया