बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

काठमाडौँ, नेपालको पहिलो एटिएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) को सञ्चालक समितिको अध्यक्ष पदमा कुशल व्यवस्थापक सुमन पोखरेल मिति २०७८ कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रूपमा चयन भएको स्मार्ट च्वाइसले जनाएको छ ।

२०७८ कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । कार्यक्रममा डेपुटी गभर्नर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरूले सुरक्षा संवेदनशीलता, कारोवारको गोपनीयता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने उनको जिकिर थियो ।

मुलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउँदै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरूको सहकार्यबाट मात्र प्रगति सहज हुने बताउनु भयो ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालक Payment Service Operator – PSO को इजाजतपत्र प्राप्त कम्पनी हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरू यसका प्रवर्द्धक रहेका छन् । यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रवाह भइरहेको छ । कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा Digital Payment Platform, SMART QR, Digital Banking Service र Payment gateway को सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष सुमन पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढ्न प्रतिवद्घता व्यक्त गरेका थिए । हाल उनी आइएमइ लिमिटेड रेमिटेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, अर्का निर्देशक निश्चल अधिकारी, उप निर्देशक , तीर्थ ओझाका साथै (SCT) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको समेत उपस्थिति रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया