बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित आर्थिक ऐनमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्क तथा सोझै विलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार शुल्क १ हजार ६५० रुपैयाँ प्रति मे.टन बाट वृद्धि गरी २ हजार ५०० रुपैयाँ प्रति मे.टन अन्त शुल्क लाग्ने व्यवस्था गरेको थियो ।

यसकारण फलामे डन्डी उत्पादकले छडको मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको तर्क गर्दै उनीहरूले किलोमा झन्डै ६ रुपैयाँले मूल्य वृद्धि गरेका हुन् । डन्डी उत्पादक कम्पनीले भाउ बढेको स्वीकार गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको भाउ बढेका कारण नेपालमा तयारी डन्डीको भाउ वृद्धि भएको दाबी गरे ।

नेपालका फलामे डन्डी उत्पादकमध्ये अधिकांशले विदेशबाट टिएमएस बिलेट आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । केही उद्योगले भने स्पन्ज आइरन आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । यति बेला दुवैथरी उत्पादकले रडको भाउ बढाएका हुन् ।

नेपालकै अग्रणी छड उत्पादक कम्पनी पञ्चकन्या स्टिलले साउनसम्म प्रतिकेजी सय रुपैयाँ रहेको डन्डीको भाउ अहिले एक सय पाँच पु¥याएको छ । पञ्चकन्याले नयाँ मूल्य अनुसार ८ एमएमको फलामे डन्डी प्रतिकेजी १०७ का साथै १० देखि २० एमएमको डन्डी मूल्य १०४ र २५ एमएमको डन्डी मूल्य १०६ रुपैयाँ तोकेको छ ।

हामा स्टिलले पनि फलामे डन्डीको भाउ प्रतिकेजी ७ रुपैयाँसम्म बढाएको छ । केही अगाडिसम्म कम्पनीले ८ एमएमको डन्डी प्रतिकेजी ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले भाउ बढाएर १०२ रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी १० देखि २० एमएमको ९९ रुपैयाँ, २५ एमएमको १०१ रुपैयाँ, २८÷३२ एमएमको र ४.७५÷७ एमएमको १०२ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ ।

उता लक्ष्मी स्टिल कम्पनीले सामान्य डन्डी प्रतिकेजी ९७ रुपैयाँमा बिक्री गर्दै आएको थियो । ८ एमएमको प्रतिकेजी सय रुपैयाँ र ७ एमएमको डन्डी १०१ रुपैयाँमा बिक्री गर्दै आएकोमा अहिले १०८ रुपैयाँसम्म पुगेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको आधारमा यहाँको मूल्य घटबढ हुने जनाएको छ ।
अम्बे स्टिलले प्रतिकेजी ६ रुपैयाँसम्म मूल्य बढाएको छ । कम्पनीले अधिकतम ९६ रुपैयाँमा बिक्री गर्दै आएकोमा हाल प्रतिकिलो ६ रुपैयाँ बढाए १०३ रुपैयाँ कायम गरेको छ । अम्बे स्टिलले ८ एमएम, ३२ एमएम, २८ एमएम र २३ एमएम डन्डीको मूल्य प्रतिकेजी १०३ रुपैयाँ तोकेको छ । त्यस्तै १६ एमएम, १० एमएम, १२ एमएम र २० एमएम डन्डीको मूल्य प्रतिकेजी सय रुपैयाँ तोकेको छ ।

सरकारले भने चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिबाट फलामे रडको भाउ सस्तिने दाबी गरेको थियो । सरकारले स्पन्ज आइरनको भन्सार शुल्क घटाएर टिएमएस बिलेट आयातमा भन्सार र अन्तःशुल्क बढाएको थियो । यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने दाबी अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए भने स्पन्ज आइरनबाट फलामे डन्डी उत्पादन गर्ने उद्यमीले उनको नीतिको स्वागत गर्दै फलामे डन्डीको भाउ घट्ने दाबी गरेका थिए ।

तर अहिले अवस्था ठिक उल्टो हुँदा सर्वसाधारण मारमा परेका छन् । उनीहरूले घरलगायतका संरचना निर्माण गर्दा लागत बढी पर्ने भएको छ । सरकारी आयोजनाको लागत पनि बढ्ने भएको छ । नेपालमा दुई दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् ।फलामे डन्डी उत्पादकले छडको मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको तर्क गर्दै उनीहरूले किलोमा झन्डै ६ रुपैयाँले मूल्य वृद्धि गरेका हुन् । डन्डी उत्पादक कम्पनीले भाउ बढेको स्वीकार गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको भाउ बढेका कारण नेपालमा तयारी डन्डीको भाउ वृद्धि भएको दाबी गरे ।

नेपालका फलामे डन्डी उत्पादकमध्ये अधिकांशले विदेशबाट टिएमएस बिलेट आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । केही उद्योगले भने स्पन्ज आइरन आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । यति बेला दुवैथरी उत्पादकले रडको भाउ बढाएका हुन् ।

नेपालकै अग्रणी छड उत्पादक कम्पनी पञ्चकन्या स्टिलले साउनसम्म प्रतिकेजी सय रुपैयाँ रहेको डन्डीको भाउ अहिले एक सय पाँच पु¥याएको छ । पञ्चकन्याले नयाँ मूल्यअनुसार ८ एमएमको फलामे डन्डी प्रतिकेजी १०७ का साथै १० देखि २० एमएमको डन्डी मूल्य १०४ र २५ एमएमको डन्डी मूल्य १०६ रुपैयाँ तोकेको छ ।

हामा स्टिलले पनि फलामे डन्डीको भाउ प्रतिकेजी ७ रुपैयाँसम्म बढाएको छ । कम्पनीले ८ एमएमको डन्डी प्रतिकेजी ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले भाउ बढाएर १०२ रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी १० देखि २० एमएमको ९९ रुपैयाँ, २५ एमएमको १०१ रुपैयाँ, २८÷३२ एमएमको र ४.७५÷७ एमएमको १०२ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ ।

यस्तै लक्ष्मी स्टिल कम्पनीले सामान्य डन्डी प्रतिकेजी ९७ रुपैयाँमा बिक्री गर्दै आएको थियो । ८ एमएमको प्रतिकेजी सय रुपैयाँ र ७ एमएमको डन्डी १०१ रुपैयाँमा बिक्री गर्दै आएकोमा अहिले १०८ रुपैयाँसम्म पुगेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको आधारमा यहाँको मूल्य घटबढ हुने जनाएको छ ।

अम्बे स्टिलले प्रतिकेजी ६ रुपैयाँसम्म मूल्य बढाएको छ । कम्पनीले अधिकतम ९६ रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले प्रतिकिलो ६ रुपैयाँ बढाए१०३ रुपैयाँ कायम गरेको छ । अम्बे स्टिलले ८ एमएम, ३२ एमएम, २८ एमएम र २३ एमएम डन्डीको मूल्य प्रतिकेजी १०३ रुपैयाँ तोकेको छ । त्यस्तै १६ एमएम, १० एमएम, १२ एमएम र २० एमएम डन्डीको मूल्य प्रतिकेजी सय रुपैयाँ तोकेको छ ।

सरकारले भने चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिबाट फलामे रडको भाउ सस्तिने दाबी गरेको थियो । सरकारले स्पन्ज आइरनको भन्सार शुल्क घटाएर टिएमएस बिलेट आयातमा भन्सार र अन्तःशुल्क बढाएको थियो । यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने दाबी अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए भने स्पन्ज आइरनबाट फलामे डन्डी उत्पादन गर्ने उद्यमीले उनको नीतिको स्वागत गर्दै फलामे डन्डीको भाउ घट्ने दाबी गरेका थिए ।

तर अहिले अवस्था ठिक उल्टो हुँदा सर्वसाधारण मारमा परेका छन् । उनीहरूले घरलगायतका संरचना निर्माण गर्दा लागत बढी पर्ने भएको छ । सरकारी आयोजनाको लागत पनि बढ्ने भएको छ । नेपालमा दुई दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् ।

तपाईको प्रतिक्रिया