बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको यही सप्ताह बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न भने बाँकी छ । बैंकले घोषणा गरेको लाभांश चार वर्षयताकै सबै भन्दा उच्च हो ।

बैंकको अहिले १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ । यही पुँजीको ३८ प्रतिशत हुने गरी गत वर्षको नाफाबाट लाभांश घोषणा गरिएको जनाइएको छ । हाल बैंकको दोस्रो बजारमा सेयर मूल्य १,६५३ रहेको छ ।

 

तपाईको प्रतिक्रिया