बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

यस वर्षको जनवरी देखि हालसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका थिए जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । खुल्ला सीमाका कारण भारतीय पर्यटकको तथ्याङ्क बढी भएपनि गुणस्तरीय पर्यटक भने चीन र बेलायतबाट समेत उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन् ।

कोरोना भाइरस संक्रमणको दर कम हुँदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर वृद्धि हुँदै गएको छ । अक्टोबरमा २३ हजार २८४ जना र सेप्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङ्क अनुसार यस अघि जुलाई महिनामा दुई हजार ९९१ जना आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको थियो ।

तपाईको प्रतिक्रिया