बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेस   ( Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका प्रमुख शरहरूमा यहीँ कार्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गइरहेको छ ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुति गर्नुहुनेछ ।

कार्यक्रम तालिका

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द (RONB) हुने भएको छ ।

उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल ( facebook, youtube, twitter, linkedin) पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरूबाट पनि प्रसारण हुनेछन् ।

 

 

तपाईको प्रतिक्रिया