बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहक महानुभावहरूको रु. १,००,०००–(अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात् Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट Pick Me का चालक तथा ग्राहकको बिमा गराउन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा Pick Me ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था भई सो एप Play store तथा App Store बाट डाउनलोड गर्नसकिने ब्यहोरा जानकारी गराइएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Pick Me का चालक र ग्राहक महानुभावहरूलाई कम्पनीसँग बिमा गर्ने अवसर प्रदान गरेकोमा Pick Me का अध्यक्ष लगायत Pick Me टिमलाई धन्यवाद दिँदै Pick Me प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरूलाई दुर्घटना बीमागर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उक्त अवसरमा युगेशभक्त बादेले कम्पनीले आवश्यकपर्ने सबै किसिमको निर्जीवन बिमा सेवा सहज रुपमाप्रदान गर्ने ब्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमासेवा लिन पनि सबैमा आग्रह गरेका छन् । ।

 

तपाईको प्रतिक्रिया