बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

स्वास्थ्य क्षेत्रको नीतिमा परिवर्तन गरिए नागरिकले उच्च उपलब्धि पाउने लक्ष्य सहित औषधि व्यवस्था विभागले सोमबार मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सहितको उपस्थितिमा औषधि क्षेत्रमा आवश्यक नीति तथा अनुगमन विषयक एकदिने गोष्ठीमा मन्त्री खतिवडाले आफू कानुनको विद्यार्थी भएकोले स्वास्थ्य जस्तो नयाँ क्षेत्रबाट केही सिक्न मौका पाएको बताएका छन् ।

स्वास्थ्य क्षेत्रका चिकित्सक सहित औषधिका उत्पादक, उपभोक्ता, तथा व्यवसायीका गुनासा सुल्झाउन मन्त्रालय तयार रहेको उनको जिकिर थियो ।

देशको संघिय संरचना अनुसार सम्पूर्ण नागरिकको पहुँचमा गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराइने मन्त्रालयको लक्ष्य प्रस्ट रहेको बताएका थिए । असरयुक्त स्वदेशी तथा आयातित औषधिको सहज रूपमा बिरामीको हातसम्म पुग्ने हरसम्भव कोसिस गरिने छ ।

औषधि व्यवस्था विभागको वीरगन्ज,नेपालगन्ज र विराटनगरका तीन वटा मात्र शाखाको क्षमता स्तउन्नती गरिनुपर्नेमा जोड दिइएको छ । देशलाई आवश्यक औषधि स्थानीय तहमा उत्पादन हुनसक्छ भने आयातलाई निरुत्साह गरिने छ । नयाँ प्रकारका औषधिको उत्पादन अनुमतिलाई तीव्र बनाइनेछ ।
औषधि उत्पादन दरलाई उच्च बनाउँदै लैजाने मन्त्रालयले विशेष नीति ल्याउने छ । औषधि उद्योगलाई आवश्यक सहुलियतका विषयमा यस अघि मन्त्रीस्तरबाट जारी भएका लिखित निर्णयहरूलाई कार्यान्वयन तर्फ लगिनेछ ।

आयातित औषधिको मूल्य नियन्त्रण तथा स्वदेशी उत्पादनको मूल्य समायोजनको मुद्दालाई सहजीकरण गर्दे लामो समयसम्म सरकारले तोकेको पुरानो मूल्यमा बेच्न बाध्य भएका स्वदेशी औषधिको मूल्यमा पुनर्विचार गरिने छ । यसका लागि वैज्ञानिक मूल्य निर्धारण संयन्त्र खडा गरिने छ ।

औषधि आयातलाई निरुत्साह हुने नीति मन्त्रालयले ल्याउने बताउँदै, अन्तर्राष्ट्रिय स्तरको औषधि उत्पादनमा सहयोगी हुन उपलब्ध प्रयोगशालालाई भौतिक तथा प्राविधिक स्तरउन्न्तीलाई प्राथमिकतामा राखिनेछ ।

उक्त गोष्ठीमा औषधि व्यवस्था विभागका प्रमुख कार्यकारी अधिकृत नारायण ढकालले विभागको सांगठनिक संरचना स्तरउन्नतीबाट औषधि बजारको नियमन सहज हुँदै जाने टिप्पणी गरेका थिए । आवश्यक जनशक्ति पदपूर्ति भएमा मात्र औषधि बजारका सख्ंयातमक समस्या हल हुने आफ्नो धारणा व्यक्त गरे । यसका साथै औषधि क्षेत्रसँग सम्बन्धित क्षेत्रगत संगठनका प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रका समस्याका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया