बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अन्जन श्रेष्ठ पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्य अन्तर्गत नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि ढकालले उक्त पदबाट राजीनामा दिएका हुन ।

ढकालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा महासंघले श्रेष्ठलाई पठाएको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले कार्तिक २५ गतेदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका हुन् । सो दिनको बोर्डको सञ्चालक समितिको बैठकमा सहभागी जनाउँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया